अादर्श बहुउद्देश्यीय सहकारीकाे उद्घाटन

शेयेर गर्नुहोस

Share on facebook
Share on twitter
Share on whatsapp
Share on linkedin
Share on email

अाधारपत्र समाचार

धनगढी, २१ असाेज । आदर्श बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउपालिका का युवाहरु मिलेर स्थापना गरिएको उक्त सहकारी आज बिजयादशमी तथा दिपावली को सुभकामना आदानप्रदान सहित एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष बासुदेव ओझा को अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि सहकारिकर्मी, सहकारी प्रशिक्षक , सुदुर्पस्चिम प्रदेश बचत ऋण सहकारी संघ का अध्यक्ष तथा नेफ्स्कुन सन्चालक माधव प्रसाद जोशी रहनुभएको थियो । त्यस्तै कल्गी साकोसका अध्यक्ष रामचन्द्र चौधरी , क्यान माहासंघ सचिब यज्ञराज ओझा, बुद्धिजीवी लक्ष्मिनारायण शर्मा, लगायतको आतिथ्यता रहेको थियो ।

संस्था उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै संस्थाका सदस्य डिल्ली राज जोशी ले उपस्थित सम्पुर्ण अतिथिबर्ग लाई स्वागत गर्दै संस्था दर्ता गर्न सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथी ओझाले आफू पनि यस सस्थासङ आवद्ध भएर सहकारी अभियानमा सामेल हुने प्रतिबद्धता गर्नु भयो ।
त्यस्तै अर्का अतिथी चौधरी ले धेरै सहकारीहरु सञ्चालनमा रहेको भए पनि सबै ले बचत मात्रै गर्ने हुदा आदर्श बहुउद्देश्यीय सहकारीले फरक छाप छोड्न र केही फरक तबरबाट काम गर्न शुभकामना दिनुभयो ।

त्यस्तै प्रमुख अतिथी जोशीले युवाहरुले मिलेर नयाँ सोचका साथ स्थापित सहकारीलाई दिर्घकालिन लक्षका साथ अघि बढ्न दीर्घकालिन र सकारात्मक सोचका साथ अघि बढ्दै लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नु पर्नेमा जोड दिनुभयो । युवाहरुको जोसलाई थप उर्जावान बनाई संस्थालाई सञ्चालन र अघि बढाउन हरेक समयमा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा ५० भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो भने लगभग २० किसिमको रैथाने बीउ को प्रदर्सनी राखिएको थियो ।
सहकारीको कार्यालय धनगढी १८, आदर्शचोकमा स्थापना गरिएको छ । सम्पूर्ण युवा व्यवसायी, किसानहरू लाई समेटेर रैथाने बीउ संरक्षण , खाध्यान्न बाली को बीउ उत्पादन, प्रसोधन, बजारीकरण , बालिबिमा, पसुबिमा तथा बिप्रेसण सेवा सन्चालन गर्ने संस्थाको उद्देश्य रहेको छ ।
सहकारीका सदस्य पुष्कर पौडेल ले सन्चालन गर्नुभएको कार्यक्रम मा ब्यवस्थापक रुद्र खनाल बाट सस्थाको उद्येस्य तथा भाबी कार्यक्रमको प्रस्तुती थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

आज धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा परीक्षण उडान हुने

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। परीक्षण उडानको उद्घाटनका

अझै पढ्नुहोस्

कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा

अझै पढ्नुहोस्
Highlights

मेसीद्वारा पेलेको कीर्तिमान बराबरी

 स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन्। एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्