आज धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा परीक्षण उडान हुने

शेयेर गर्नुहोस

Share on facebook
Share on twitter
Share on whatsapp
Share on linkedin
Share on email

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। परीक्षण उडानको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई धनगढी आउन लागेको बुढथापाले बताए।

सुरुमा धनगढी–बैतडी परीक्षण उडानको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जनाए। त्यसपछि डोटी र बझाङ पुगेर मन्त्री भट्टराईले नै परीक्षण उडानको उद्घाटन गर्नेछन्। अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको  छ।

परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख बुढथापा अहिले डोटीमा छन्। बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो।

अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ। सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ।

बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि को प्रथम साधारणसभा सम्पन्न

धनगढी २० भाद्र धनगढी उपमहानगरपालिका १८ स्थित आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि ले दर्ता भएको १ बर्ष पुगेको अवसर पारेर प्रथम स्थापना दिवस तथा बार्सिक

अझै पढ्नुहोस्
Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्
Highlights

सुनको मूल्यमा फेरि गिरावट

काठमाडौं, १२ भदौ। सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

अझै पढ्नुहोस्
Highlights

आदर्श बहुउद्देश्यीय सहकारीकाे प्रारम्भिक साधारणसभा सम्पन्न

कैलालीकाे धनगढी उपमहानगरपालिका १८ फुलबारी स्थित अादर्श बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रारम्भिक साधारणसभा सम्पन्न भएकाे छ । दर्ता भएको ३ महिनाको अबधि पुरा भएसँगै सहकारीकाे प्रारम्भिक

अझै पढ्नुहोस्