आदर्श बहुउद्देश्यीय सहकारीकाे प्रारम्भिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

Share on facebook
Share on twitter
Share on whatsapp
Share on linkedin
Share on email

कैलालीकाे धनगढी उपमहानगरपालिका १८ फुलबारी स्थित अादर्श बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रारम्भिक साधारणसभा सम्पन्न भएकाे छ । दर्ता भएको ३ महिनाको अबधि पुरा भएसँगै सहकारीकाे प्रारम्भिक साधारणसभा अायाेजना गरिएको हाे । साधारणसभाबाट अागामी ४ वर्षे कार्यकालका लागि सन्चालक समिती र लेखा समिती समेत चयन गरिएकाे छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ का संचालक माधव प्रसाद जोशी ज्युको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा धनगढी १८ का वडाध्यक्ष मुरारी अधिकारी र भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रार कार्यालयका प्रतिनिधि देबराज पन्त विशिष्ट अतिथि रहनुभएकाे थियो । कार्यक्रममा बनदेबि कृषि सहकारी सस्था का प्रतिनिधि तिर्थ नेपाल , जनबाताबरण बहुद्येस्यिय सहकारी का अध्यक्ष गितादेबी चौधरी, कल्गी साकोसका अध्यक्ष रामचन्द्र चौधरी, खप्तडी आ. बि का प्र अ दुर्गा दत्त भुसाल लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । सस्थाका संस्थापक सदस्य कमल नाथ खनाल ले सन्चालन गर्नु भएको कार्यक्रममा ब्यवस्थापक रुद्र खनालले बीउ उत्पादन, ब्यवसाय योजना तथा वार्षिक कार्य योजना प्रस्तुत गर्नु भएको थियो । कार्यकममा लगभग ५० बढी जातका रैथाने बीउको बारेमा जानकारी समेत प्रस्तुत गरिएको थियो । साधारणसभाले बासुदेब ओझा को अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिती तथा ३ सदस्य लेखा समिती चयन गरेकाे छ । सन्चालक समिती उपाध्यक्षमा चन्द्रकला नेपाल, सचिबमा कृष्ण प्रसाद खतिवडा र कोषाध्यक्षमा आरती भट्टराई खनाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बाल कृष्ण पौडेल, कृष्ण प्रसाद पान्डे, कर्ण बहादुर सार्की, देबकला जैशी र चेतनाथ खतिवडा चयन हुनुभएको छ । त्यस्तै कमलनाथ खनालकाे संयाेजकत्वमा चयन भएकाे लेखा समिति सदस्यहरुमा रेनुका ढुङेल र खेमराज पोख्रेल रहनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ। बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्

आज देशका केही ठाउँमा पानी पर्ने

आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश

अझै पढ्नुहोस्
Highlights

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका

अझै पढ्नुहोस्