आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि को प्रथम साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

Share on facebook
Share on twitter
Share on whatsapp
Share on linkedin
Share on email

धनगढी २० भाद्र

धनगढी उपमहानगरपालिका १८ स्थित आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि ले दर्ता भएको १ बर्ष पुगेको अवसर पारेर प्रथम स्थापना दिवस तथा बार्सिक साधारणसभा सम्पन्न गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ का संचालक माधव प्रसाद जोशी को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशिष्ट अतिथिमा धनगढी १८ का वडाध्यक्ष्य भुवन रिजाल, भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिस्ट्रार कार्यालयका अधिकृत बिनोद राज पन्त र रास्ट्रीय सहकारी बैंक धनगढी साखा प्रमुख कृष्ण रावल रहेका थिए ।
रजिस्ट्रार कार्यालय का प्रतिनिधि जागुराम चौधरी, लीबर्ड प्रतिनिधि ललिता आले, जनबाताबरण सामुदायिक बीउ बैंक का अध्यक्ष सम्पत चौधरी, खप्तडी आ. बि. का प्र.अ. फुलदेव शाह, ईन्द्रोदय आ. बि. का प्र.अ. रामकुमार बस्नेत, कृषक भलाई सहकारी का अध्यक्ष कल्पना देबकोटा,स्वयमजागृती साकोस का अध्यक्ष लक्ष्मी देबि जैशी, संघर्श मिलन साकोस का अध्यक्ष राधा देबि चौधरी लगायतका अतिथिहरुको सुभकामना रहेको कार्यक्रम मा प्रमुख अतिथि जोशी ले नियमन मा चलेका र उद्येस्य अनुरुप काम गरिरहेका सहकारी सस्था हरुलाई स्वरोजगार कोष को सहुलियत कर्जा ब्यवस्था रहेको र सबै सहकारी ले सो सेवा लिन सकिने जानकारी समेत गराएका थिए । विशिष्ट अतिथी पन्तले सहकारी बिभागले बेलाबेला मा जारी गरेका नीति निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएका थिए।
आदर्श सहकारीले छोटो समयमै कृषि मा राम्रै काम गरेको भन्दै वडा अध्यक्ष रिजाल र लिबर्ड का आले ले आगामी दिनमा सहकार्य गरि अझ थप कृषि क्षेत्रमा सेवा बिस्तार गर्न सकिने आसय राखेका थिए ।
सस्थाका अध्यक्ष बासुदेब ओझा को अध्यक्षता मा भएको कार्यक्रम ब्यवस्थापक रुद्र खनाल ले सन्चालन गरेका थिए ।
आगामी बर्सको लागि बीउ उत्पादन योजना, बार्सिक कार्य योजना प्रस्तुत तथा आ.ब.०७८/७९ को प्रगती प्रतिबेदन आन्तरिक लेखा प्रतिबेदन र बाह्य लेखापरीक्षण प्रतिबेदन समेत पारित भएको छ ।
कार्यकममा बीउ उत्पादक कृषक सहित ३० जना उत्कृष्ट सेयर,बचत तथा कर्जा कारोबार गर्ने सदस्य हरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

जनकल्याणकाे आयाेजनामा पाम वर्कशप

कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अायाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ ।

अझै पढ्नुहोस्
Highlights

एम्बुलेन्स चालकको पीडा, आफ्ना कारण परिवार त्रासमा

बिरामिहरुका लागि एक महत्त्वपूर्ण माध्यम हो एम्बुलेन्स । अहिले कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा पनि कम छैन ।

अझै पढ्नुहोस्

आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि को प्रथम साधारणसभा सम्पन्न

धनगढी २० भाद्र धनगढी उपमहानगरपालिका १८ स्थित आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि ले दर्ता भएको १ बर्ष पुगेको अवसर पारेर प्रथम स्थापना दिवस तथा बार्सिक

अझै पढ्नुहोस्
Highlights

सुनको मूल्यमा फेरि गिरावट

काठमाडौं, १२ भदौ। सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

अझै पढ्नुहोस्